थापाथली पुलबाट हाम्फालिन् एक महिला

  • कालिका खवर
  • शनिबार, साउन २८, २०७९
  • काठमाडौंको थापाथलीस्थित पुलबाट एक महिलाले बागमती नदीमा हाम्फालेकी छन्।

    शनिबार अपराह्न ४ बजे पुलबाट बागमती नदीमा एक महिलाले हाम्फालेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

    उनका अनुसार ती महिलाको उद्धार गरिएको छ। उनको उपचारको लागि वीर अस्पताल लगिएको छ।

    उनको पहिचान खुलिसकेको छैन। प्रहरीले घटना सम्बन्‍धमा थप अनुसन्धान अघि बढाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs