गायक यम बरालले गरे दोस्रो बिहे, भित्र्याए काँग्रेस नेतृ

  • कालिका खवर
  • बुधबार, पुस २८, २०७८
  • लोकप्रिय गायक यम बरालले दोस्रो बिहे गरेका छन् । उनले गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग गत मंसिरमा बिहे गरेका हुन् । बरालले गीतालाई काठमाडौंमा हालै किनको घरमा भित्र्याएका बताइएको छ । हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महिला खुल्लातर्फ गीता बागमती प्रदेश अधिवेशन प्रतिनिधिको उम्मेदवार थिइन् । विवाहको बिषयमा प्रश्न गर्दा गीताले यो आफ्नो व्यक्तिगत जीवनको मामला भएकाले केही नबोल्ने बताइन् । ‘म सेलिब्रेटी होइन, यो मेरो ब्यक्तिगत जीवन हो,’ गीताले भनिन् ‘तपाई आफ्नो सेलिब्रेटी (यम बराल)सँग सोध्नुस् यो बिषयमा म केही बताउँदिन ।’ तर उनले बिहे गरेको भने अस्वीकार गरिनन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs