प्रधानसेनापति ट्राइ एडभेन्चर मङ्सिरमा हुने

  • कालिका खवर
  • बिहिबार, कार्तिक १७, २०७९
  • नेपाली सेनाको आयोजनामा हुने पाँचाँै संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता आगामी मङ्सिरमा हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहने उक्त प्रतियोगिता आगामी मङ्सिर ९ गते हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सेनानी एवं उक्त प्रतियोगिताका निर्देशक राजीव चन्दले जानकारी दिनुभयो । उहाँले उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक टोलीले आगामी मङ्सिर १ गतेसम्म टिम दर्ता गराउन पाउनेसमेत बताउनुभयो । उक्त प्रतियोगितामा निःशुल्क टिम दर्ता गराउन पाइनेछ । दौड, साइक्लिङ र ¥याफटिङ समावेश हुने उक्त प्रतियोगितामा एक टिममा चार खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टोलीले रु दुई लाख प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले रु एक लाख ६० हजार पाउनेछ । त्यसैगरी प्रतियोगितामा तेस्रोले रु एक लाख, चौथोले रु २० हजार र पाँचौँ हुने टोलीले रु १० हजार पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs