नेपाली सेनाले माग्यो ४००० कर्मचारी

  • कालिका खवर
  • बिहिबार, चैत्र १७, २०७८
  • नेपाली सेनाले सैन्य पदमा चार हजार जनशक्तिका लागि विज्ञापन आह्वान गरेको छ । सेनाले खुला, सैनिक परिवार, समावेशी कोटा छुट्याएर दरखास्त आह्वान गरेको हो ।

    नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेको सैन्य पदमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको नेपाली सेनाले जनाएको छ ।

    आठ कक्षा उत्तीर्ण भएका १८ वर्ष पूरा गरी २२ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिनसक्नेछन् । त्यसका लागि चैत १७ देखि वैशाख १६ गतेसम्मको समय दिइएको छ दोब्बर दस्तुर बुझाएर भने वैशाख १६ गतेसम्म दरखास्त बुझाउन सकिने भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जंगीअड्डाले जनाएको छ ।

    दरखास्त उपत्यका कमाण्ड हेर्डक्वार्टर नारायणहिटीदेखि बराहदल गुल्म, रानीवन क्यारेक, हुम्लासम्मका २७ वटा भर्ना केन्द्रमा बुझाउन सकिनेछ ।armi

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs