काँग्रेस महाधिवेशन : २७ जनाले फिर्ता लिए केन्द्रीय सदस्यबाट उम्मेदवारी

  • कालिका खवर
  • आइतवार, मंसिर २६, २०७८
  • राज कुमार सिलवाल, काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिको सदस्यका लागि उम्मेदवारी दिएकामध्ये हालसम्म २७ जनाले आइतबार उम्मेदवारी फिर्ता लिएका छन् ।
    शनिबार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारमध्ये २७ जनाले निर्वाचन समितिको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
    केन्द्रीय सदस्य पदको उम्मेदवारी फिर्ता लिनेहरुमा जंगीलाल राय, संयजकुमार यादव, गोविन्दराज बोहरा, मीन विश्वकर्मा (दलित खुला), सीताराम महतो (मधेसी), जुनाकुमारी थानी (खसआर्य महिला), ध्रुवराज गुरुङ (जनजाति), दिपक अधिकारी (खसआर्य) छन् ।

    यस्तै, भीमार्जुन आचार्य, इन्दिरा थापा, गणेशकुमार मण्डल (मधेसी), विना पौडेल (महिला), भक्तबहादुर बलायर (खुला), माया राना (जनजाति महिला), राजुराज जोशी, गोपीलाल विश्वकर्मा (दलित), मीनाकुमारी थापा (खुला महिला) ले पनि केन्द्रीय सदस्य पदबाट उम्मेदवारी फिर्ता लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs