वीरगञ्ज महानगरको उपमेयरमा आलमको उम्मेदवारी दर्ता

  • कालिका खवर
  • सोमवार, बैशाख १२, २०७९
  • वीरगञ्ज – नेपाली कांग्रेसले अन्ततः वीरगञ्ज महानगरपालिकाको उपमेयरको टुंगो लगाएको छ । वीरगञ्ज महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका पर्सा जिल्ला सचिव इम्तियाज आलमले उपमेयरको टिकट प्राप्त गरेका छन् ।

    आलमले निर्वाचन कार्यालयमा पुगेर उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनको निर्णअनुसार वीरगञ्ज महानगरपालिकामा जसपाले मेयर र कांग्रेसले उपमेयर पाउने सहमति भएबमोजिम आलमले उपमेयरको टिकट प्राप्त गरेका हुन् । पार्टीभित्र केही असन्तुष्ट चुलिएपनि त्यसको प्रभाव निर्वाचनमा नपर्ने र गठबन्धनकै जित हुने आलमको दावी छ ।

    कुनै पनि विवाद बिना उपमेयरको नाम टुंगो लागेको र गठबन्धनलाई जिताउने नेपाली कांग्रेस वीरगञ्ज महानगर समितिका निवर्तमान सभापति भोला कलवारले बताए ।

    आलमले उम्मेदवारी दर्ता गरेसँगै वीरगञ्ज महानगरपालिकाको उपमेयरमा ३ जनाको उम्मेदवारी परेको छ । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिना जयसवाल र स्वतन्त्रबाट शालिक प्रसाद कानुले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

    यता मेयर तथा उपमेयरमध्ये एक पद महिलाले अनिवार्य पाउनुपर्ने भन्दै महिला नेतृहरुले भने भोट बहिष्कार गर्ने भन्दै विरोध जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs