सरावगीले अचारसहिंताको धज्जी उदाउँदै

  • कालिका खवर
  • शनिबार, बैशाख १७, २०७९
  • वीरगञ्ज, १७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वीरगञ्जमा आचार संहिताको धज्जी उडाएको छ ।

    एमालेले वीरगञ्जले शनिबार दुईवटा कार्यक्रम गरेर निर्वाचन आचारसहिंताको धज्जी उडाएको हो ।

    वीरगञ्ज महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विजयकुमार सरावगीले वडा नम्बर १ मा पार्टी प्रवेश गराउने क्रममा मतदाताहरुलाई विभिन्न प्रलोभन दिएको बुझिएको छ । सरावगीले एमालेमा प्रवेश गराएका स्थानीय एक स्थानीयले पार्टी प्रवेश कार्यक्रममै धर्मशाला निर्माणको लागि जग्गा दान गरेका थिए । निर्वाचन आयोगका अनुसार आचारसहिंता लागू भएपछि कुनैपनि उम्मेदवारले मतदातालाई प्रभावित पार्ने किसिमको कुनैपनि दान, दक्षिणा र प्रलोभन देखाउन मिल्दैन । तर सरावगीले आचारसहिंताको वेवास्ता गर्दै त्यस्तो गरेका हुन् ।

    सरावगीले आचारसहिंताको धज्जी उडाईरहँदा निर्वाचन आयोग भने मौन बसेको छ ।

    त्यसैगरी सरावगीले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का मतदातालाई प्रभावित पार्न साडी वितरण गरेको आरोप लागेको छ । वडा अध्यक्ष पदका उम्मेदवार प्रदीप चौरसियासँग मिलेर सरावगीले महिलाहरुलाई साडी वितरण गरेको बुझिएको छ । यद्दपी यसको पुष्टि हुनसकेको छैन ।

    त्यसैगरी सरावगीले आचारसंहिताको धज्जी उडाउने क्रममा विगत केही दिनदेखि स्थानीय केही पत्रिकामा प्रचारप्रसार विज्ञापन प्रकाशित गराएका छन् ।

    निर्वाचन आयोगको आचार संहिताको परिच्छेद २ को ५ ख १ अनुसार बढीमा सात बाइ सातको विज्ञापन एक पटकमा एउटामात्र पत्रिकामा प्रकाशित गर्न पाइन्छ । तर सरावगीले त्यसको वेवास्ता गर्दै पटक-पटक विज्ञापन छपाउन लगाएका छन् ।

    एमालेले पटकपटक आचारसंहिता उल्लंघन गर्दा पनि कुनै कारवाही नहुनु लजास्पद भएको स्थानीयहरुले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs