वीरगञ्ज ५ मा पुनः चौरसिया, एमालेको प्यानल बिजयी

  • कालिका खवर
  • बुधबार, जेष्ठ ४, २०७९
  • वीरगञ्ज, ४ जेठ ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ को अध्यक्षमा पुनः प्रदिप चौरसिया दोहोरिएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट ३ सय ३७ मत पाएर निर्वाचित भएका चौरसिया पछि जसपामा थिए ।

    वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर बिजय कुमार सरावगी एमालेमा गएसँगै चौरसिया पनि एमालेमा गएका हुन् । एमालेबाट वडाअध्यक्षको उम्मेदवार बनेका चौरसिया प्यानलसहित बिजयी भएका हुन् । निकटम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) का सुशिल कुमार सिंह क्षेत्रीलाई ३० मतान्तरले पराजित गर्दै चौरसिया निर्वाचित भएका हुन् ।

    चौरसियाले ५ सय ६२ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी क्षेत्रीले ५ सय ३२ मत ल्याएका छन् । चौरसियासँगै खुला सदस्यमा दिपेन्द्र कुमार राउत (४१६), बीपीन कुमार कानु (३९०), महिला सदस्यमा राधिका देवी (५००), दलित महिला सदस्यमा रमावतीदेवी पासवान (५४४) निर्वाचित भएका छन् । वीरगञ्ज महानगरपालिकामा नेकपा एमालेको यो दोस्रो जित हो । यसअघि वडा नम्बर ३१ मा नेकपा एमाले बिजयी भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs