नागढुङ्गा–नौबिसे सडक खण्डमा बिहानैदेखि गाडीको चाप

  • कालिका खवर
  • बुधबार, असार १, २०७९
  • काठमाण्डौका मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा बिहानैदेखि गाडी चापमा चलेका छन् ।

    नागढुङ्गा नजिकै झ्याप्ले खोलामा गाडी बिग्रिएकाले बिहान साढे ५ बजेदेखि नै त्यहाँ एकतर्फी गाडी चलिरहेका छन् ।

    रात्रि बस आउने समय भएकाले पनि चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

    बिग्रिएको गाडीलाई हटाउने प्रयास भइरहेको र हटेपछि दुईतर्फी नै सडक खुलाउने ट्राफिक प्रहरीले जनाएको छ ।

    यस्तै, प्रहरीका अनुसार अहिले मुग्लिन-नारायणगढ सडक खण्डमा भने सामान्य रुपमा गाडी चलिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs