आज राति देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, विशेष सावधानी अपनाउन आग्रह

  • कालिका खवर
  • शुक्रबार, असार २४, २०७९
  • आज राति देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    मौसमविद्ले आउँदाे २४ घण्टाका लागि चेतावनी तथा परामर्श सूचना निकाल्दै सावधानी अपनाउन आग्रह गरेका हुन् ।

    मौसमविद् सजिना शाक्यका अनुसार राति प्रदेश-१, मधेस प्रदेश, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

    राति लगातारजसो झरी पर्ने नै अनुमान गरिएको छ । यसले गर्दा पहाडी क्षेत्रमा बाढी, पहिरो र तराईमा डुबानको जोखिम रहेको  उहाँले बताउनुभयो । भोलि पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ ।

    मनसुन थप सक्रिय हुने भएकाले आज रातिदेखि धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको हो । मनसुनी न्यून चापीय रेखा अहिले पश्चिमी भू–भागबाट उत्तरतिर सर्दै गरेकाले पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।

    यस्तै, आज दिउँसो पनि केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs