काठमाडौं १ मा एमालेबाट ४ जनाको दावी, कस्ले टिकट पाउला?

  • कालिका खवर
  • बुधबार, भदौ १, २०७९
  • काठमाडौं । सरकारले आउँदो मङ्सिर ४ गते निर्वाचन घोषणा गरेको छ । काङ्ग्रेस, माओवादी, एस, जसपा र जनमोर्चा ५ दलीय गठबन्धनले साझा उमेदवार उठाएर चुनावमा जाने भएको छ भने नेकपा एमालेले भने एक्लै लड्ने वा साना दलसंग मिलेर जाने केही निर्णय गरेको छैन । बाबुराम भट्टराई नेतृत्वको दलले ५ दलिय गठनबन्धनमा जाने सङ्केत गरेको छ । त्यस्तै लोसपा र राप्रपाले अहिले केही पनि निर्णय गरेको छैन । त्यस्तै रबि लामिछानेको नेतृत्वको रास्ट्रीय स्वतन्त्र पार्टी, डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेसम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि चुनावमा ससक्त सहभागी जनाउदै छ ।

    देशैभरी चुनावी सरगर्मी बढ्न थालेको छ । चुनावी मिति घोसणा भएपछी नेकपा एमाले काठमाडौं  क्षेत्र न.१ मा आकाङ्क्षीहरु देखिन थालेको छ ।  काठमाडौं २ मा मात्रै एमालेबाट ५ जनाको दावेदारी देखिएको छ । काठमाडौं  निर्वाचन क्षेत्र नम्बर २ मा  विभिन्न आकलन र बहस सुरु भएको छ । बिगत लामो समयदेखि यो  क्षेत्रमा क्षेत्रीय चुनाव एमालेले जितेको छैन । नेपाली काङ्ग्रेसका प्रवाभशाली नेता प्रकाशमानले अनवरत जितिरहेका छन । काङ्ग्रेसको डर भएको एस क्षेत्रमा माधव नेपालले एमाले फुटाएर नेकपा एकीकृत समाजबादी गठन गरेपनि खसै प्रभाव छैन । स्थानिय  तहको निर्वाचनमा काङ्ग्रेस र एमाले बाराबर रहेको यो क्षेत्रमा राप्रपा,एस, र माओबादी निर्णायक बन्न सक्लान ।   यस क्षेत्रमा  प्रतिनिधि सभा सदस्य तथा प्रदेससभा सदस्यको लागि बलिया दावेदारहरु  एमाले केन्द्रिय  सदस्य रुप नारायण श्रेष्ठ, केन्द्रिय सदस्य शर्मिला कार्की, काठमाडौं महानगरका पुर्व उपमेयर  विदुर मैनाली र प्रदेशसभा सदस्य गणेश दुलाल प्रतिनिधिसभा सदस्यका दावेदार हुन् ।

    केन्द्रिय सदस्य रुपनारायण श्रेष्ठ यस क्षेत्रको बलिया दावेदारमा पर्दछन । अनेरास्ववियुका अध्यक्ष बनिसकेका श्रेष्ठको पार्टीमा राम्रो पक्कड छ । आफुलाई पार्टीले टिकेट दिए जितेर देखाउने श्रेष्ठ बताछन ।

    अर्का केन्द्रिय सदस्य शर्मिला कार्की अर्का बलियो उमेदवार हुन तर एस्पाली उनी समानुपातिकमा बस्ने सम्भावना राम्रो छ । तर पार्टी टिकट दिए पछि नहट्ने उनी बताउछिन ।

    काठमाडौं महानगरपालिकामा ५४ सालमा उपमेयमा जितेका उनी अर्का दावेदारको रुपमा चर्चामा छन । प्रदेश सभा तथा प्रतिनिधि सभा मध्ये एक टिकट आफुलाई दिनुपर्ने उनी बताउछ्न ।

    प्रदेश संसद गणेश प्रसाद दुलाल अर्का बलिया दावेदार हुन , ७४ को प्रदेश सभा निर्वाचनमा भारी मतले निर्वाचित दुलाल पार्टीको प्रदेश कमिटी सदस्य हुन । पार्टीले आफुलाई प्रतिनिधि सभाको उमेदवार बनाए प्रकाशमान सिंहलाई हराउने उनी बताउछन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs