चितवनमा प्रचण्डविरुद्ध एमालेले पाण्डेलाई उम्मेदवार बनाउने, पाण्डेले बाजी मार्ने संभावना ?

  • कालिका खवर
  • शुक्रबार, भदौ २४, २०७९
  • एमालेले आसन्न ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर–३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध राप्रपाका विक्रम पाण्डेलाई उम्मेदवार बनाउने भएको छ ।

    एमालेबाट पोलिट्ब्युरो सदस्य देवी ज्ञवाली र जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने आकांक्षा राखेका थिए । तर, अध्यक्ष ओलीले पाण्डेलाई उम्मेदवार बनाउने सहमति भइसकेकाले उनलाई सहयोग गर्न ज्ञवाली र न्यौपानेलाई निर्देशन दिएका छन् ।

    निर्माण व्यवसायी पाण्डे ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रचण्डसँग पराजित भएका थिए । त्यतिबेला उनलाई काँग्रेसले उम्मेदवार बनाएको थियो । प्रचण्डले ४८ हजार २ सय ७६ र तत्कालीन बहालवाला वन तथा वातावरणमन्त्री पाण्डेले ३८ हजार ९ सय ३५ मत ल्याएका थिए ।

    यसपटकको निर्वाचनमा एमाले र राप्रपाले गठबन्धन गर्ने सैद्धान्तिक सहमति गरिसकेका छन् । झापा–५ मा राप्रपाले एमाले अध्यक्ष केपी ओली र झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई सघाउने छन् ।

    चितवन–३ मा प्रचण्डलाई टक्कर दिन सक्ने उम्मेदवार नभएपछि एमालेले पाण्डेलाई अघि सारेको हो । श्रोतका अनुसार एमाले अध्यक्ष ओलीले पाण्डेलाई निर्वाचन तयारीमा जुट्न भनिसकेका छन् ।

    प्रचण्डले यसअघि नै चितवन–३ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् । प्रचण्डलाई बर्दिया, कालिकोट, रूकुम, गोरखा, धनुषा सिराहा र सिन्धुलीलगायत जिल्लाबाट निर्वाचन लड्न आउन सम्बन्धित जिल्लाका पार्टी नेताले आग्रह गरेका थिए । तर, उनले गृहजिल्ला नछाड्ने स्पष्ट गरिसकेका छन् ।

    माओवादी केन्द्रको चितवन जिल्ला समितिले निर्वाचन तयारी स्वरुप संगठन विस्तार तथा सुदृढीकरण अभियान थालिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs