बाबुराम भन्छन् : यो चुनाव मेरा लागि अन्तिम

  • कालिका खवर
  • शनिबार, भदौ २५, २०७९
  • नेकपा माओवादी केन्द्रबाट बाहिरिएर नयाँ शक्ति पार्टी निर्माण गरेयता अहिले डा. बाबुराम भट्टराईलाई आरोप लाग्ने गरेको छ, ‘उनले आफूलाई मात्र केन्द्रमा राख्छन्, आफ्नोबाहेक अरुको विषयमा सोच्दैनन् ।’

    ९ असोज २०७२ मा तत्कालीन नेकपा माओवादीलाई ‘रातो स्टिकर टाँसिएको घर’ घरको संज्ञा दिँदै बाहिरिएका डा. भट्टराईले ३० जेठ २०७३ मा नयाँ शक्ति नेपाल पार्टी घोषणा गरे । नयाँ शक्ति घोषणा भएको १ वर्षभित्रै २०७४ सालको चुनाव आइहाल्यो । २०७४ को स्थानीय तहको चुनावमा नयाँ शक्तिले अपेक्षित जित निकाल्न नसकेपछि प्रदेश तथा संघको निर्वाचनमा आफूले चुनाव जित्न कांग्रेससँग तालमेल गरे । उनलाई साथ दिने सहकर्मीहरुले पनि छोड्दै गए । नयाँ शक्तिको एजेण्डा जनतामाझ परीक्षण नै हुन नपाईं डा. भट्टराईले आफ्नो लागि कांग्रेसको वैशाखी टेकेर चुनाव लडेको आरोप लाग्यो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs