फिल्म ‘भागवत गीता’ को नाम परिवर्तन हुने

  • कालिका खवर
  • सोमवार, अशोज ३१, २०७९
  • झरना थापाको निर्देशन रहने फिल्म ‘भागवत गीता’ को नाम परिवर्तन हुने भएको छ । फिल्मको नाम ‘भागवत गीता’ को राखिएको बिषयमा चलचित्र विकास बोर्डमा उजुरी परेपछि फिल्मको नाम परिवर्तन गर्न लागिएको निर्माण युनिटले जनाएको छ ।

    सुनिलकुमार थापाको निर्माण रहने फिल्मको छायांकन  मंसिर ९ गतेबाट सुरु हुनेछ । फिल्मको छायांकन गत साउनबाट सुरु हुने बताइए पनि निर्माता सुनिलकुमार थापा बिरामी भएका कारणले छायांकनमा ढिलाई भएको हो । फिल्मलाई विसं २०८० सालको वैशाख १ गते रिलिज हुनेछ । सुहाना थापाको मुख्य भुमिका रहने फिल्मका नायक भने छनौट हुन बाँकी रहेको छ । फिल्मको छायांकन जनकपुर र दार्चुलामा हुने निर्माण युनिटले जानकारी दियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs