ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

  • कालिका खवर
  • शनिबार, मंसिर ३, २०७९
  • चाँगुनारायण नगरपालिका-३ झौखेलबाट भक्तपुर नगरपालिकातर्फ आउँदै गरेको बा ५ ख ९१४२ नं को पानी ट्याङ्करले भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुल नजिक सडकमा ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

    आज सडकमा खेलिरहेको बालकलाई पानी ट्याङ्करले ठक्कर दिई घाइते भएका रामेछाप सुनापाती गाउँपालिका-४ घर भई हाल ब्यासीमा बस्ने रबिन्द्र तामाङको छोरा सात वर्षीय विवेश तामाङको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनुभयो । प्रहरीले बालकलाई ठक्कर दिने ट्याङ्करका चालक भक्तपुर नगरपालिका–९ कमलबिनायक बस्ने सिताराम पक्का नेवारलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs