विश्वासको मत प्राप्त गर्न पेस गरेको प्रस्तावमाथि मतविभाजन प्रक्रिया सुरु

  • कालिका खवर
  • सोमवार, चैत्र ६, २०७९
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न पेस गर्नुभएको प्रस्तावमाथि मतविभाजन प्रक्रिया सुरु भएको छ ।

    उहाँले नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रस्ताव पेस गर्नुभएको हो ।

    गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले तीन महिना पुग्दा नपुग्दै दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । यसअघि नेकपा (एमाले) सहितका राजनीतिक दलको प्रस्ताव र समर्थनमा उहाँले ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गर्नुभएको थियो । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेर एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन अवस्था आएको हो ।

    यसअघि प्रतिनिधिसभाको आजको बैठकमा दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय आधारमा छलफल भई प्रधामन्त्रीले उठेका प्रश्नको जवाफ दिइसक्नुभएको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले पेस गर्नुभएको प्रस्तावमाथि सदस्यको हस्ताक्षरसहितको मत विभाजनको आधारमा छिनोफानो हुने र त्यसका लागि आवश्यक प्रक्रिया सुरु भएको जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs