गठबन्धन बैठक फेरि निष्कर्षविहिन ; दिउँसो ३ बजे सम्मका लागि स्थगित

  • कालिका खवर
  • बुधबार, चैत्र १५, २०७९
  • काठमाडौं । गठबन्धनका नेताहरुको बैठक दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको छ ।

    बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि सहमति भइनसकेको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

    “लञ्च ब्रेक भयो । हामी फेरि ३ बजे बस्छौँ । सहमति भइसकेको छैन,” उनले भने । मन्त्रिपरिषद्बारे आजै टुंगो लगाउने प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डको तयारी छ ।

    गठबन्धनको बैठक हिजो साँझ पनि बसेको थियो । हिजोको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरिएको थियो ।  साथै, गठबन्धनका दलहरुले मन्त्रालयबारे आफ्नो दाबी पेस गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs