
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको हो । उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकले सरकारमा सहभागिताबारे निर्णय गर्नेछ ।
एकीकृत समाजवादीले तीन मन्त्रालयमा दाबी गर्दै आएको छ ।आज बिहान अध्यक्ष माधवकुमार नेपालसहितका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सोही दाबी प्रस्तुत गरेका थिए ।
सरकार विस्तारको छलफलका लागि आज अपराह्न गठबन्धनको बैठक बोलाइएको छ । नेताहरुबीच सहमति भए आजै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।