राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा पूर्व महामन्त्री थापा नियुक्त

  • कालिका खवर
  • बिहिबार, चैत्र १६, २०७९
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका नेता सुनील थापालाई राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् ।थापाले राष्ट्रपति पौडेलले बिहीबार आफूलाई सल्लाहकारको पत्र दिएको जानकारी दिए ।

    “उहाँले भर्खरै पत्र दिनुभयो । अब उहाँलाई सफल बनाउने मेरो भूमिका हुनेछ,” उनले भने । कांग्रेसका पूर्वसहमहामन्त्री थापा हाल पार्टी केन्द्रीय सदस्य छन् । थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs