उद्योग मन्त्रालय नपाएपछि जनमत पार्टीले छाडे सरकार

  • कालिका खवर
  • शुक्रबार, चैत्र १७, २०७९
  • काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि जनमत पार्टीले सरकार छाडेको छ ।  जनमतबाट एक मात्रै मन्त्री रहेका अब्दुल खानले केहीबेरअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन् ।

    खानले खानेपानी मन्त्रालय सम्हाल्दै आएका थिए । पहिले पनि उद्योग मन्त्रालय नपाउँदा मन्त्रालय जान आनाकानी गरेका थिए । तर, पछि मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । जनमतका प्रवक्ता हरेन्द्र चौधरीले गठबन्धमा आफूहरूले दिने भनेको मन्त्रालय नपाएपछि सरकार छाडेको बताए ।

    “हाम्रो पार्टीले उद्योग मन्त्रालय पाउने सहमति भएको थियो । गठबन्धनबाट धोका भएपछि सरकार छाडेका हौँं,” उनले  भने । प्रचण्डले खानलाई खानेपानीमन्त्री नै निरन्तरता दिन आग्रह गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs