नर्भिक हस्पिटलमा फरक ब्लडग्रुपको मिर्गाैला प्रत्यारोपण

  • कालिका खवर
  • बिहिबार, बैशाख २१, २०८०
  • काठमाडौं । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा फरक ब्लडग्रुपको व्यक्तिलाई फरक ब्लड ग्रुपको व्यक्तिबाट प्राप्त मिर्गाैला प्रत्यारोपण गरिएको छ ।

    ब्लड ग्रुप ‘ए’ भएका ६५ वर्षीया दाताबाट ‘ओ’ ब्लड ग्रुप भएका ७२ वर्षीय ग्रहणकर्तामा मिर्गौला प्रत्यारोपण गरिएको हो ।

    वरिष्ठ मिर्गौला रोग विशेषज्ञहरू डा. आरके अग्रवाल र डा. सुमित आचार्य नेतृत्वको टिमले नेपालमा दुर्लभ र जटिल मानिएको फरक ब्लड ग्रुपको प्रत्यारोपण ‘एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्ट’ गरेको हो ।

    डा. आचार्यका अनुसार बिरामीको मृगौला प्रत्यारोपण अघि र पछि प्रत्यारोपीको रगतमा एन्टिबडीको स्तर कम गर्न र नयाँ मिर्गौला अस्वीकार गर्ने एन्टिबडीहरूको जोखिम कम गर्नका लागि विशेष चिकित्सा उपचार विधि अपनाइएको थियो ।

    यस उपचारमा रगतबाट एन्टिबडीहरू हटाउने (प्लाज्माफेरेसिस) गरिन्छ । सामान्य प्रकारको मिर्गाैला प्रत्यारोपणको तुलनामा यो जटिल र महङ्गो उपचार पद्धति हो ।

    प्रत्यारोपण गरिएका व्यक्तिलाई अस्पतालबाट ६ दिनमा डिस्चार्ज गरिएको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । नर्भिकमा हालसम्म सात वटा मृगौला प्रत्यारोपण भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs