
काठमाडौंं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सिध्याउन सबैतिरबाट हमला भए पनि पुनर्जीवित गरिएको बताएका छन् । मंगलबार २३ जनवर्गीय संगठनका पदाधिकारीसँगको अभिमुखीकरण कार्यक्रममा उनले अहिले एमाले ‘पिलो निचोरिएको जस्तो’ भएको बताए ।
उनले एमाले संगठनका पदाधिकारी अरूभन्दा ‘बेटर’ हुनुपर्ने बताए । “अरू स्कुल अफ थटका, अन्य विचार प्रणालीमा कुदेका भन्दा हाम्रो विचारका साथीहरू अरूभन्दा बेटर हुनुपर्छ । परिणाममा देखिनुपर्छ,” उनले भने ।