नेपाल–भारत सभ्यतागत सम्बन्धलाई विस्तार गर्ने विषयमा प्रचण्ड र मोदीबिच छलफल

  • कालिका खवर
  • बिहिबार, जेष्ठ १८, २०८०
  • काठमाडौं । भारतको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनका समकक्षी नरेन्द्र मोदीसँग छलफल गरेका छन् । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको हो ।

    उनीहरूबीच नेपाल–भारत सभ्यतागत सम्बन्धलाई रूपान्तरण गर्ने र सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जानकारी दिए ।

     

    समाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, “नेपाल–भारत सभ्यतागत सम्बन्धलाई रूपान्तरण गर्दै प्रधानमन्त्रीद्वय प्रचण्ड र मोदीले भारत र नेपालबीचको विशेष एवम् विशिष्ट सम्बन्धलाई थप उँचाइमा पुर्‍याउन विविध उपायबारे छलफल गर्नुभयो ।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs