कांग्रेस पुनःर्निमाणका निम्ति सबै गुटहरूलाई भत्काउनुपर्छ : महामन्त्री थापा

  • कालिका खवर
  • बिहिबार, जेष्ठ १८, २०८०
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरूलाई भत्काउनुपर्ने बताएका छन् ।

    बिहीबार नेपाल छापाखाना तथा सञ्चार सम्वद्ध श्रमिक संघको आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, “कांग्रेस पुनःर्निमाणका निम्ति सबै गुटहरूलाई भत्काउनुपर्छ । ”

    उनले कांग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेहरूबीच दुई गुट मात्रै बनाउनुपर्ने भन्दै विगतका जो कोही दाईहरूको साथ छोड्न आग्रह गरे ।

    “नागरिकहरू कुशासन, भ्रष्टाचार र बेथितिका कुराबाट आजित छन् । यी तीन कुराहरूलाई हटाउँछ भन्ने विश्वास पार्टीले दिलाउन सक्नुपर्छ,” उनले भने

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs