सभामुख घिमिरेको भूमिकामा रवि लामिछानेले उठाए प्रश्न

  • कालिका खवर
  • सोमवार, जेष्ठ २२, २०८०
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेको भूमिकामा प्रश्न उठाएका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकमा उनले गम्भीर विषयमा संसद् चलेका बेला प्रधानमन्त्रीलाई प्रश्न सोध्न एक मिनेटको समय दिइएको भन्दै विरोध जनाएका हुन् ।

    “गम्भीर विषयमा बहस चलेका बेला एक मिनेटको समय निर्धारण गरेर यो सदनले मजाक गर्दै छ,” उनले भने, “भैँसी चढेर आएको भन्ने शब्द असंसदीय हो भने हटाइयोस् । तर, प्रधानमन्त्रीले बोलेको पनि संसद्को रेकर्डबाट हटाइयोस् । नत्र मान्य हुँदैन ।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs