काठमाडौंसहित अन्य स्थानमा वर्षा

  • कालिका खवर
  • सोमवार, जेष्ठ २२, २०८०
  • काठमाडौं । देशका केही स्थानमा सोमबार दिउँसो वर्षा भएको छ । काठमाडौं, म्याग्दी, बैतडीलगायत स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यो वर्षा केही बेर हुने महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । “लामो समय वर्षा हुँदैन, केही बेर हुने देखिन्छ,” उनले  भनिन् ।

    अहिले मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भएको उनले बताइन् । अरू स्थानमा हल्कासम्म र बैतडीमा मध्यम वर्षा भएको उनले जानकारी दिइन् । “पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण वर्षा भएको हो,” उनले भनिन् ।

    उनका अनुसार आज राति पनि कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना छ । भोलि पनि पहाडी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको उनले बताइन् ।

    वर्षाका कारण हिजो (आइतबार)को तुलनामा आज र भोलि पश्चिमी क्षेत्रमा तापक्रम केही घट्ने सम्भावना रहेको उनको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs