राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

  • कालिका खवर
  • शनिबार, असार २, २०८०
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो ।

    सेन्टरले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख छ । राष्ट्रपतिको मुटुको चाल मनिटरिङ गर्नु पर्ने भएकाले उनलाई आज बिहान अस्पताल भर्ना गरिएको थियो ।

    राष्ट्रपति पौडेलको मुटुमा समस्या देखिएपछि गत मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको थियो । २४ घण्टा चिकित्सकको निगरानीमा राखेर उनलाई गत बुधबार डिस्चार्ज गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs