मनकामना माताले सबैको रक्षा गरुन् दर्शन गर्दै हेर्नुहोस आज बुधबारको राशिफल

  • कालिका खवर
  • बुधबार, साउन १७, २०८०
  • मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको दिन तपाईंलाई शारीरिक तथा मानसिक सुख प्राप्त होला , तपाईंको काम गरिदिने बिस्वासिलो मान्छे पाइएला, मिष्टान्न भोजनको अवसर प्राप्त होला तथा आजको दिन रमाइलो भोजनमै बित्ला।

    वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – राज्यपक्षको सहयोग प्राप्त होला, प्रेम बढ्ने दिन रहेको छ, कुनै उच्च पदमा भएका व्यक्तिहरुबाट उचित सहयोग तथा सर सल्लाह पाइएला मान तथा प्रतिष्ठामा वृद्धि होला।

    मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – आजको दिन अनेक प्रकारका लाभ प्राप्त होला , भाग्यमा वृद्धि हुने समय आएको छ,आर्थिक तथा सामाजिक पक्ष बलवान् होला, आज कुनै पनि स्थानबाट शुभ समाचार आउने योग छ ।

    कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आजको दिन तपाईंलाई श्वासप्रश्वासको समस्या आउनसक्छ, चिसोबाट जोगिनुहोला, पुलिस तथा सरकारी पक्षबाट दण्ड तथा जरिवाना हुनसक्छ। होशियार रहनुहोला।

    सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आजको दिन तपाईंलाई चारैतिरबाट लाभहोला, काम गर्ने जोस र जागरमा वृद्धि होला , कुनै पुरस्कार तथा उपहार प्राप्त हुनसक्नेछ , दिनभर मन हर्षित रहला।

    कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – धन सम्पत्ति तथा मान,सम्मानमा वृद्धि होला ,वैदेशिक रोजगारका अवसरहरु पनिक आउलान कुनै पाटी तथा बैवाहिक कार्यमा सहभागी हुन पाईएला।

    तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – आजको दिन तपाईंको पराक्रम देखेर सबै छक्क पर्नेछ्न। अधुरा कामहरु सप्पन्न होलान् , दाजुभाइको सहयोग प्राप्त हुनेछ।कुनै नयाँ कार्य वा कार्य गर्नेबिचार आउला।

    वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आजको दिन तपाईंलाई जग्गा जमीन तथा साधन बाहनमा वृद्धि होला,मनले सोचेको स्थानको यात्रा तथा व्यक्तिसंग भेट होला , तर पनि मध्याह्न तिर भने छातिको समस्या आउनसक्छ।

    धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – आजको दिन तपाईंको बुद्धि तथा विवेकमा वृद्धि होला, शैक्षिक तथा साहित्यिक क्षेत्रमा प्रगति गरिएला, आजको दिन कुनै पुरस्कार तथा उपहार प्राप्त हुनसक्छ ।

    मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – आजको दिन तपाईंलाई दीर्घ रोगले सताउन सक्छ,अप्रिय समाचारले मन खिन्न होला, घमण्ड बढ्नाले शत्रुहरु बढ्लान, बुद्धि तथा विवेकले काम लिनुहोला सबै समस्या ठिक हुन्छन् ।

    कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – आजको दिन प्रेम बढ्ने दिन रहेकोे छ , परिवार तथा प्रेमिकासंग कुनै रमाइलो स्थानको यात्रा होला, तरपनी आजको दिन साझेदारी व्यवसाय गर्दा सावधानी अपनाउनुहोला।

    मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – आजको दिन तपाईंलाई सानो भएपनी कुनै न कुनै चोटपटकको भय छ, यात्रा गर्दा सावधानी अपनाउनुहोला, सोचेको बिपरित काम बन्नाले मन खिन्न होला ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs