शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामा २८ जनाको प्रत्यारोपण

  • कालिका खवर
  • बुधबार, अशोज १०, २०८०
  • भक्तपुर ।स्थापनाको ११ वर्ष अवधिमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११२७ जनाको मृगौला र १३ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भएको छ । गत भाद्र महिनामा मात्र २८ जनाको प्रत्यारोपण सम्पन्न भएको छ जसमध्ये २७ जनाको मृर्गौला र १ जनाको कलेजो प्रत्यारोपण सत प्रतिशत सफलताका साथ सम्पन्न भएको कुरा केन्द्रका कार्यकारी निर्देशक एवं मृर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठले बताउनु भयो ।

    केन्द्रले नेपालमै पहिलो पटक डा पकार चन्द्र श्रेष्ठको नेतृत्वमा २०७३ मंशीर २२ गते कलेजो प्रत्यारोपण र २०७४ बैशाख २८ गते पहिलो पटक मस्तिष्क मृत्यू भएका व्यक्तिको मृर्गौला प्रत्यारोपण गरी हाल सम्म पाँच जना मष्तिष्क मृत्यू भएका व्यक्तिबाट १० जनाको मृर्गौला र ३ जनाको कलेजो प्रत्याारोपण गरेको छ भने आपसी साटासाट ९एबष्च भ्हअजबलनभ० बाट हाल सम्म ४६ जोडीको मृर्गौला प्रत्यारोपण समेत भइसकेको छ ।

    नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतकों शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले संस्थाको आफ्नै भवन नभएको अवस्थामा पनि सबै भन्दा धेरै कलेजो र मृर्गौला प्रत्यारोपण गर्नका साथै अंगदान सम्बन्धी व्यापक प्रचार प्रशार गरेको तथा देश भरी प्रत्यारोपण र डायलाइसिस सेवा विस्तार गर्न प्रयासरत रहेको छ । गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र साथै कर्णाली प्रदेश को सुर्खेत प्रादेशीक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भै सकेको छ ।

    वर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहोन बहादुर बस्नेतज्यू र स्वास्थ्य सचिव द्वय डा. रोशन पोखरेलज्यू र देव कुमारी गुरागाईको सक्रियतामा प्रत्यारोपण केन्द्रले आफ्नो सेवा विस्तारमा थप गति लिँदै गएको छ । यो सफलता प्राप्त गर्नमा केन्द्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको अथक प्रयास रहेको कुरा डा श्रेष्ठले बताउनु भयो ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs