अष्ट्रेलिया कन्सर्टमा दर्शकलाई माइक फ्याँकेको घटनाले सुगम विवादमा

  • कालिका खवर
  • आइतवार, कार्तिक १९, २०८०
  • गायक सुगम पोखरेल अष्ट्रेलियाको एडिलेडमा भएको कन्सर्टबाट पुनः चर्चामा छन् । शनिबार नेपाली समुदायले आयोजना गरेको कन्सर्टको उक्त भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ ।

    सो भिडियोमा गायक पोखरेलले माइकले दर्शकलाई माइक प्रहार गरेको देखिन्छ । भिडियोमा असन्तुलित देखिएका सुगमलाई आयोजकले सम्हाल्न खोजिरहेको देखिन्छ । उनी स्टेजमा चढ्छन् र माइक फ्याँक्छन् ।

    दर्शकले सुगमको बोलीमा हुटिङ पनि गरिरहेको देखिन्छ । भिडियोमा सामाजिक सञ्जाल प्रयोगकर्ताले मादक पदार्थ सेवन गरेर सुगमले लफडा मच्चाएको टिप्पणी गरेका छन् । युवापुस्ताका चर्चित र्‍यापर युनिक पोइटले त सुगमलाई लक्षित गर्दै कटाक्ष पनि गरेका छन् ।

    यो चर्चाबीच आइतबार बिहान टिकटकमा भिडियो पोस्ट गर्दै सुगमले कन्सर्ट घटनाबारे बताएका छन् । ‘म नेपाली हुँ । देशलाई दुख्दा मलाई पनि दुख्छ । अहिले भुइँचालोका कारण देश दुखिरहेको छ । हिजोको कार्यक्रममा मौन धारण गरौं भन्दा के भयो त्यो तपाईंहरूले भिडियोमा देख्नु भएकै छ । मेरो एक्सनको रियाक्सन त्यसकै कारणले मात्र थियो । कसैको नेपाली मनलाई चित्त दुखाएँ भने क्षमा चाहन्छु । तर जहिले पनि संगीतको सेवा गर्नेछु,’ सुगमले भिडियोमा भनेका छन्,’ उनले भनेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs