बंगाली गायिका मेहनबिनसँग त्रिपाठीले अमेरिकामा नचाए दर्शक

  • कालिका खवर
  • मङ्लबार, कार्तिक २१, २०८०
  • करिब डेढ वर्षदेखि अमेरिकाको सांगीतिक टुरमा रहेका लोकप्रिय हास्य कलाकार महादेव त्रिपाठी ‘जादुगर’ले एकसय बढी कार्यक्रम गरिसकेका छन् । उनको सांगीतिक टुर अझै रोकिएको छैन ।

    यस्तैमा सोमबार उनले अमेरिकाको न्युजर्सीमा बंगलादेशकी चर्चित गायिका मेहनबिन मेहासँग सांगीतिक कार्यक्रम गरेका छन् । एआरसिफर नेपालको आयोजना रहेको ‘ह्यापी दशैँ एण्ड तिहार’ नाम दिइएको कार्यक्रममा दुबैको प्रस्तुतिमा दर्शक झुमेर नाचेका थिए ।

    कार्यक्रममा त्रिपाठीले जादु, कमेडी प्रहसन, गीत र नृत्य प्रस्तुत गर्दा बंगाली गायिका मेहाले समेत हिन्दी र नेपाली गीतहरु प्रस्तुत गरेकी थिइन् ।

    मेहनाले हिन्दीमा बिभिन्न चलेका गीतहरु प्रस्तुत गरेकी थिइन् भने नेपालीमा ‘सम्झना बिर्सन सलल’ र ‘तिम्रो जिरो फिगर’ गाएर दर्शक नचाएकी थिइन् । कार्यक्रममा गायिका मेहाले हिन्दीको अलवा नेपाली गीत समेत आफुलाई गाउन मनपर्ने बताइन् ।

    अमेरिकाको न्युजर्सीमा रहेका नेपाली दाजुभाईसँग दशैंँ तिहार फेष्टिभल सांगीतिक कार्यक्रम सहित सेलिब्रेसन गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजक एआरसिफर नेपालका राजेन्द्र अन्जान श्रेष्ठले बताए ।

    कलाकार त्रिपाठीले यस अगाडि अमेरिकाको बिभिन्न स्थानमा विपुल क्षेत्री, बिमाकुमारी दुरा, मेलिना राई, निमा रुम्बा, हेमन्त राणा, कुन्ती मोक्तान र बलिउड कलाकार सोनु निगम, लक्कि अलि, बादशाह लगायतसँग सांगीतिक कार्यक्रम गरिसकेका छन् । अझै केही स्थानको कार्यक्रम सकेर मात्र नेपाल फर्किने त्रिपाठीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs