‘दिमाग खराब’ ले दोस्रो साताको व्यवसायमा ‘टाइगर ३’ लाई जित्यो

  • कालिका खवर
  • आइतवार, मंसिर ३, २०८०
  • तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको फिल्म हो ‘दिमाग खराब’ । निश्चल बस्नेत निर्देशित फिल्मले रिलिजको पहिलो साता अपेक्षित व्यवसाय गर्न सकेन । बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’ले गर्दा फिल्मले व्यवसाय नगरेको मात्र होइन, शो समेत कम पाएको थियो ।

    दोस्रो साता भने फिल्मको व्यवसाय र शो दुवै बढेको छ । ‘टाइगर ३’को यो साता व्यवसाय खुम्चिएको कारण ‘दिमाग खराब’लाई फाइदा पुगेको हो ।
    ‘माउथ पब्लिसिटी’ र विभिन्न बिदाले फिल्मको व्यवसायी एकाएक बढेको हो । फिल्मको शनिबार (हिजो) र आइतबार (आज) पनि राम्रो व्यवसाय रहेको निर्माता रौनक विक्रम कँडेलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs