नेपालमा पहिलो पटक ३ वर्षीय बालकको सफल कलेजो प्रत्यारोण

  • कालिका खवर
  • शनिबार, पुस २८, २०८०
  • काठमाडौं । पहिलो पटक ३ वर्षीय बालकको सफल कलेजो प्रत्यारोण भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आज मिति २०८०।०९।२७ गते डा पुकार चन्द्रको श्रेष्ठको नेतृत्वमा विरगञ्ज, पर्साका ३ वर्षीय बालककोे कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न भएको छ । उनलाई उनकी ३० वर्षीय आमाले कलेजो दान दिएकी हुन । प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको कुरा बरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले बताउनु भयो ।

    यसै क्रममा आज सहित केन्द्रमा ४ दिन लागतार ४ वटा कलेजो प्रत्यारोपण गरिने कुरा पनि केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs