शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १८ औं कलेजो प्रत्यारोपण

  • कालिका खवर
  • आइतवार, पुस २९, २०८०
  • काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिति २०८०।०९।२७ र २०८०।०९।२८ गते लगातार २ वटा कलेजो प्रत्यारोपण भएको छ । हाल सम्म केन्द्रले १८ जनाको कलेजो र ११८१ जनाको मृर्गौला प्रत्यारोपण गरी सकेको छ ।
    बरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा कलेजो प्रत्यारोपणले नियमितता पाए सँगै २०८० सालमा १० जनाको कलेजो र १३८ जनाको मृर्गौला प्रत्यारोपण गरी सकेको छ ।
    सबै भन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण संसारकै सबैभन्दा सस्तोमा गुणस्तरीय सेवा दिने गरेको यस केन्द्रमा जिवित अंगदाताबाट र मस्तिष्क मृत्यू पश्चात हुने अंगदान बाट समेत प्रत्यारोपण हुने गरेको कुरा केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs