३ वर्षीय कलेजो प्रत्यारोपित बालकको डिस्चार्ज

  • कालिका खवर
  • आइतवार, माघ ७, २०८०
  • शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिति २०८०।०९।२७ गते कलेजो प्रत्यारोपण भएका विरगञ्ज, पर्साका ३ वर्षीय बालकको ९ औं दिनमा सकुशल डिस्चार्ज भएको छ । उनलाई उनकी ३० वर्षीय आमाले कलेजो दान दिएकी थिइन ।

    कलेजो प्रत्यारोपण पश्चात डिस्चार्ज हुने ३ वर्षिय बालक र प्रत्यारोपणमा संलग्न चिकित्सककहरुको टोली ।
    डिस्चार्ज पछि प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको कुरा बरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले बताउनु भयो । कलेजो दाता ३ दिन अगावै सकुशल डिस्चार्ज भई घर गइ सक्नु भएको छ ।
    डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा भएका प्रत्यारोपणमा केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्सिङ्ग तथा अन्य प्राविधिक र प्रशासनिक कर्मचारीले सार्वजनिक विदाका दिन उक्त प्रत्यारोपण गरेका हो । उक्त प्रत्यारोपणमा पाटन अस्पतालका बालरोग विशेषज्ञ डा. पुजा अमात्य लगायतको नर्सिङ्ग टोली, कान्ति बाल अस्पतालमा बरिष्ठ बालरोग विशेषज्ञ डा सुमित अग्रवाल, बालरोग विशेषज्ञ डा वर्षा बर्मा तथा भारतीय चिकित्सकको पनि सहभागिता रहेको थियो ।
    देशमा कलेजो प्रत्यारोपाणको शुरुवात गर्ने यस केन्द्रले सबै भन्दा धेरै मृर्गौला तथा कलेजो प्रत्यारोपण गरेको छ । यस केन्द्रले शुरुको केही वर्ष वार्षिक १ दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएकोमा यो वर्ष १० जनाको सफल केलेजो प्रत्यारोपण गरी सकेको छ भने केन्द्र स्थापनाको ११ वर्ष अवधिमा ११८८ जनाको मृगौला र १८ जनाको कलेजो प्रत्यारोपण समेत भई सकेको छ ।
    देशमै पहिलो पटक मष्तिष्क मृत्यू पश्चात हुने अंग दान बाट प्रत्यारोपण गरेको यस केन्द्रले मस्तिष्क मृत्यू पश्चात प्राप्त हुने अंगदान तथा प्रत्यारोपण कार्य सूचारु गर्न सबैमा आह्वान गरेको छ र केन्द्र स्थित समन्वय इकाईमा सम्पर्क राखी प्रतीक्षाको सूचीमा नाम लेखाउन समस्त अंग फेल भएको व्यक्तिहरुलाई आग्रह गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs