उमा श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक

  • कालिका खवर
  • सोमवार, माघ ८, २०८०
  • काठमाडौँ। गायिका उमा श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यता सम्पन्न भिडियो सार्वजनिक कार्यक्रममा संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो। सार्वजनिक ‘के भुल गरें थिएँ र मैंले’ बोलको गीतमा शब्द रचना अर्जुन थेबेको र संगीत देवराज आले मगरको रहेको छ।

    कमल एक्चै मगरले निर्देशन गरेको भिडियोको छायाँकन चक्र महर्जनले गरेका हुन्। भिडियोमा सन्तान नहुँदाको पारिवारिक तनाबलाई देखाउन खोजिएको छ।
    भिडियोमा अभिनेता सिमान्त उदास र गायिका उमा श्रेष्ठ फिचर्ड छन्। बिशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडियोको सम्पादन निर्देशक स्वयम् कमलको रहेको छ भने कलर संयोजन राजेन्द्र मोक्तानले गरेका छन्।

    भिडियो सार्वजनिक कर्यक्रममा मेची नगर लेडी जेसिजका संस्थापक कविता शर्मा र कृष्ण थापा मगरले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपसभामुख इन्दिराले बाल्यकालको सम्झना गरिन्। गायिका उमा र इन्दिरा बाल्यकालका साथी हुन्। भिडियो गायिका उमा श्रेष्ठको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs