पत्रकारिता क्षेत्र बलियो भयो भने कलाकारिता बलियो हुन्छ : श्रेष्ठ

  • कालिका खवर
  • मङ्लबार, माघ ९, २०८०
  • वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले  पत्रकारिताको माध्यमबाट नेपाली कलाकारिताको क्षेत्र फराकिलो बन्दै गएको बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजनामा साेमबार आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले पत्रकारिता क्षेत्र बलियो भयो भने मात्र कलाकारिता क्षेत्र बलियो हुने धारणा राखेका हुन् ।

    चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा नेपाली कलाक्षेत्रको विगत र वर्तमान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले चलचित्रहरूले समाजमा दिने सन्देशहरू एउटा हलमा मात्र सीमित नभएर सञ्चार मध्यबाट प्रवाह हुँदा एकै पटक धेरै ठाउँमा सूचना तथा सन्देश  पुग्ने बताए । कलाकारिता क्षेत्र विगत भन्दा वर्तमानमा धेरै विकसित भएको र प्राविधिक रूपमा पनि नयाँ पन भित्रिएको धारणा राखे ।

    अहिलेको सञ्चार माध्यमले कलाकार उत्पादनमा धेरै सहयोग पुगेको र क्षमतावान् व्यक्ति कलाकारिता क्षेत्रमा बिक्न र टिक्न सक्ने भन्दै विगतबाट सिकेर वर्तमानमा अघि बढ्दा राम्रो कलाकार उत्पादन हुने उनले बताए । ` सकारात्मक ऊर्जाको लागि आफूले कलाकारिता क्षेत्र लाई रोजे, गीत गाउँदा सास नपुगे पनि साहस अझै छ,´   उनले भने `साहस कै कारण यो अवस्थामा पनि मैले केही चलचित्र, म्युजिक भिडियोमा काम गर्दै अघि बढेको छु ।´ कलाकारलाई हाइलाइट गर्न सञ्चार माध्यम र चलचित्र पत्रकारहरूको भूमिका अपरिहार्य भएको उनको बिचार थियो ।

    कार्यक्रममा कलाकार यमन श्रेष्ठ, तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डे, तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव ओली, रिपाेर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी, साहित्यकार तथा पत्रकार वसन्त आचार्य चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका निवर्तमान अध्यक्ष शिव पुन लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs