राजेन्द्र पाण्डे अस्पताल भर्ना

  • कालिका खवर
  • मङ्लबार, माघ १६, २०८०
  • काठमाडौँ । पूर्व मन्त्री एवम् एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे पिसाबसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । अस्वस्थ भएपछि पाण्डेलाई सोमबार मनमोहन अस्पताल स्वयम्भूमा भर्ना गरिएको केन्द्रीय सदस्य सुदेश पराजुलीले जानकारी दिए ।

    ‘उहाँलाई युरिन इन्फेक्सन भएपछि सोमबार अस्पताल भर्ना गरिएको हो । अहिले स्वास्थ्य अवस्था सुधार हुँदै आएको छ । बिहीबारसम्ममा डिस्चार्ज गरिन्छ होला’, पाण्डेको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उनले भने । पाण्डेलाई भेट्न अध्यक्ष माधवकुमार नेपाल अस्पताल गएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs