नेपालमा क्यान्सर उपचारका लागि ‘कार टी सेल थेरापी’ पद्धति भित्रियो

  • कालिका खवर
  • शनिबार, माघ २०, २०८०
  • काठमाडौँ । नेपालमा क्यान्सर उपचारका लागि कार टी सेल थेरापी पद्धति भित्र्याइएको छ । सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपाल (सिआरएम नेपाल)ले शनिबार काठमाडौँमा एक कार्यक्रमका बिच क्यान्सर उपचारका लागि अति उच्च प्रविधियुक्त सो थेरापीको प्रयोगशाला सफलतापूर्वक परीक्षण गरिएको जानकारी गराएको हो ।

    अमेरिका र युरोपतिर प्रयोगमा ल्याइएको सो प्रविधि नेपालमा पनि उपयोगी हुने देखिएकाले आफूहरूले त्यसको प्रयोगशालाका सफलतापूर्वक परीक्षण कार्य सम्पन्न गरिएको सिआरएम नेपालका सल्लाहकार डा. सञ्जीवन गौतमले जानकारी दिए । यसमा निकै महँगा खालका सामग्रीहरू जडान भएकाले यसको उपचार खर्च पनि धेरै हुने हुनाले नेपालको सन्दर्भमा सहज र सस्तो तरिकाले बिरामीहरूले त्यो प्रविधि उपयोग हुने गरी आफूहरूले योजना बनाउने काम गरिरहेको पनि उनले बताए ।

    सो प्रविधिलाई नेपालमा सस्तो र सहज ढङ्गले उपलब्ध गराउनका लागि अमेरिका, जर्मनलगायतका मुलुकका सम्बन्धित निकायहरूसँग छलफल भइरहेको पनि सिआरएम नेपालले जनाएको छ । डा. गौतमले भने, ‘अब यो जटिल प्रविधि हो । तैपनि हामीले साहस बटुलेर हजुरहरूको साथ रहन्छ भन्ने उद्देश्यका साथ हामीले यो चिजलाई प्रयास गरिराखेका छौँ । प्रयासस्वरुप हामीले सफलतापूर्वक ल्याबमा स्टाविलिस गर्न सफल भयौँ । ल्याबमा हामीले कार्टिसेल जडान गरेर बी सेल क्यान्सरलाई कील गर्छ भनेर डेटा चाहिँ अलरेडी जेनेरेट गरेका छौँ ।’ रक्त क्यान्सरमा सफलतापूर्वक परीक्षण गरिएको सो उपचार पद्धति नेपालमा प्रयोगमा ल्याउँदा नेपालमा वर्षेनी १ सय भन्दा बढी बिरामीहरू लाभान्वित हुने पनि चिकित्सकहरूले प्रक्षेपण गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs