शाखा अधिकृतको प्रारम्भिक परीक्षामा ‘अभूतपूर्व’ उपस्थिति

  • कालिका खवर
  • आइतवार, माघ २८, २०८०
  • राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको प्रारम्भिक चरणको परीक्षामा झण्डै ८९ प्रतिशत परीक्षार्थी सहभागी भएका छन् । लोक सेवा आयोगले परीक्षार्थीको यो उपस्थितिलाई ‘अभूतपूर्व’ भनेको छ ।

    खुला तथा समावेशी प्रतियोगिताबाट २७३ जना अधिकृत पदपूर्तिका लागि लोक सेवा आयोगले गत असार २७ गते विज्ञापन खुलाएको थियो । सोही विज्ञापनको प्रारम्भिक चरणको परीक्षा माघ २७ गते (शनिबार) भएको थियो ।

    आयोगले देशभरका १४ कार्यालयबाट शनिबार १०० पूर्णाङ्कको प्रारम्भिक परीक्षा सञ्चालन गरेको थियो । त्यसमध्ये काठमाडौं केन्द्रबाट सबैभन्दा धेरै १० हजार ८८६ आवदेकमध्ये ९ हजार ८७१ परीक्षार्थी सहभागी भए । यो उपस्थिति करिब ९१ प्रतिशत हो ।

    विद्यार्थी संख्याको आधारमा जुम्ला परीक्षा केन्द्रबाट सबैभन्दा कम ९५ आवेदकमध्ये ८२ जना सहभागी भएका छन् । परीक्षा केन्द्रको हिसाबमा सबैभन्दा बढी काठमाडौंको शान्ति विद्यागृहको ‘क’ केन्द्रमा २०० मध्ये १९२ जना अर्थात् ९६ प्रतिशत परीक्षाथीहरुले पहिलो चरणको परीक्षा दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs