कृत्रिम बौद्धिकता एआईले विश्वव्यापी साइबर अपराध बढाउने चिन्ता

  • कालिका खवर
  • शनिबार, चैत्र २४, २०८०
  • विश्वको सबैभन्दा ठूलो पुनर्बीमा जर्मन कम्पनी ‘म्युनिख रे’ ले प्रविधिको तीव्र विकास र त्यसमा पनि कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलीजेन्स (एआई) का कारण साइबर अपराधको जोखिम थप बढाउनेतर्फ चिन्ता व्यक्त गरेको छ । पुनर्बीमा कम्पनीले आफ्नो पछिल्लो प्रतिवेदनमा गएको महिनामा साइबर अपराध बढेको र यसमा रेन्समवेयरले भूमिका खेलेको उल्लेख गरेको छ ।

    रेन्समवेयर एउटा साइबर आक्रमण हो जहाँ भाइरस भएको सफ्टवेयर इन्टरनेटको माध्यमबाट पठाइन्छ । साइबर आक्रमणमा संलग्न हुनेले एआईद्वारा सञ्चालित फिसिङ ई–मेल र कल प्रयोग गर्न सक्ने प्रविधि विशेषज्ञको समूह ‘म्युनिख रे’ ले चेतावनी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    एआईबाट निर्माण गरेको ‘भ्वाइस इन्जिन’ले रेकर्ड गरेको श्रव्य सामग्रीको मात्र १५ सेकेन्ड प्रयोग गरेर कुनै पनि व्यक्तिको आवाज उत्पन्न गर्न सक्ने र त्यो धेरै जोखिमपूर्ण मानिएको प्रविधिका विज्ञको भनाई छ ।

    विगत पाँच वर्षमा साइबर बीमा बजारको आकार झण्डै तीन गुणा बढेको र सन् २०२७ सम्ममा दोब्बर अर्थात् २९ अर्ब अमेरिकी डलर पुग्ने अनुमान समेत गरिएको छ । आउँदा दिनमा साइबर आक्रमणबाट हुने क्षति निजी क्षेत्रले बहन गर्न नसक्ने म्युनिख रेका साइबर विशेषज्ञ जुर्गेन रेनहार्टले बताउनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs