अनुमति विना सञ्चालित विद्यालयमा बालबालिका भर्ना नगर्न मन्त्रालयको अनुरोध

  • कालिका खवर
  • आइतवार, चैत्र २५, २०८०
  • अनुमति विना नेपालमा सञ्चालन भइरहेका विदेशी शिक्षण संस्थामा आफ्ना बालबालिका भर्ना नगर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ ।

    कतिपय निजी विद्यालयले अवैध रूपमा विदेशी कार्यक्रम सञ्चालन गरेर अभिभावकसँग चर्को शुल्क असुलिरहेको गुनासो आएपछि मन्त्रालयले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

    ‘आईबी, सीबीएसई लगायत विदेशी शिक्षण संस्थाको सम्बन्धनमा मन्त्रालयको अनुमति विना विद्यालय सञ्चालन भइरहेका भनी विभिन्न गुनासो आइरहेकोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ’  सूचीकृत शिक्षण संस्थाको सूची सार्वजनिक गरिएको सन्देशमा भनिएको छ, ‘यहाँ सूचीकृत विद्यालयहरू बाहेकका शिक्षण संस्थाहरूलाई प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढिरहेकाले आफ्ना बालबालिकालाई त्यहाँ भर्ना नगर्न, नगराउनुहुन मन्त्रालयको अनुरोध छ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs