त्रिवि उपकुलपतिको अल्पसूचीमा परेकाको अन्तर्वार्ता आइतबार

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन ४, २०८०
  • त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आइतबार अन्तर्वार्ता हुने भएको छ ।

    त्रिवि उपकुलपति सिफारिस समितिले अल्पसूचीमा परी प्रस्तुतिकरणमा सहभागी भएकाहरुको अन्तर्वार्ता आइतबार हुने जनाएको छ ।

    समितिको सूचना अनुसार आइतबार बिहान साढे ८ बजेदेखि कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियाँको अन्तर्वार्ता हुनेछ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारमा अन्तर्वार्ता हुने छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs