कक्षा १२ को परीक्षा वैशाख १४ देखि हुने

  • कालिका खवर
  • आइतवार, फाल्गुन ६, २०८०
  • राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले यस वर्षको कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । परीक्षा वैशाख २६ गतेसम्म चल्नेछ ।

    कार्यालयले साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवम् आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गते बिहीबारदेखि हुनेगरी तालिका सार्वजनिक भइसकेको छ । एसईई परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs