त्रिवि उपकुलपति बरालद्वारा पदभार ग्रहण

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन ११, २०८०
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले पदभार ग्रहण गरेका छन् । कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनलाई निमित्त कुलपति प्राडा शिवलाल भुसालले पदभार ग्रहण गराएका थिए ।

    पदभार ग्रहण कार्यक्रममा त्रिविका रेक्टर, रजिस्ट्रार डीन लगायतका पदाधिकारी तथा शिक्षक कर्मचारी सहभागी थिए । प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले बिहीबार उनलाई उपकुलपतिमा नियुक्त गरेका थिए । शिक्षा मन्त्रालयले गठन गरेको सिफारिस समितिको सिफारिसका आधारमा बराल नियुक्त भएका हुन् ।

    समितिले बरालसहित प्राडा चित्रबहादुर बुढाथोकी र प्राडा टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । सिफारिसमा दोस्रो नम्बरमा रहेका बराल उपकुलपति बनेका हुन् । पोखरा विश्वविद्यालय पूर्व उपकुलपति समेत रहेका बरालले विश्वविद्यालयमा राजनीतिक भागबन्डा अन्त्य गर्ने समेत बताएका छन् । पदभार ग्रहण गर्दै उनले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्ने प्रतिबद्धता जनाए । शैक्षिक क्यालेन्डर कार्यान्वयन, समयमै परीक्षा तथा नतिजा प्रकाशन लगायतका विषय आफ्नो प्राथमिकतामा रहने बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs