त्रिविलाई स्कुल मोडलमा चलाउने उपकुलपतिको घोषणा

  • कालिका खवर
  • शनिबार, फाल्गुन १२, २०८०
  • नवनियुक्त उपकुलपति केशरजंग बरालले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभाग खारेज गरी स्कुल मोडलमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । उनले शुक्रबार पदभार ग्रहणपछि कार्ययोजना र सोचपत्र सार्वजनिक गर्दै थोरै विद्यार्थी भएका र अनावश्यक रूपमा रहेका केन्द्रीय विभाग र क्याम्पसका विभागलाई गाभेर स्कुल मोडलमा लैजाने बताए ।

    बरालले तत्कालीन र दीर्घकालीन गरी आफ्ना कार्यभारको व्याख्या गरेका थिए । विभागहरू खारेज गरेर स्कुल मोडलमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै त्रिविलाई शैक्षिक उत्कृष्टताको केन्द्रतर्फ लैजाने भनाइ थियो । उनले त्यसका लागि मापदण्ड तोकेर जानुपर्नेसमेत औंल्याए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs