‘तिमी जस्तो साथी’मा शर्मिला र कृष्णको रोमान्स

  • कालिका खवर
  • आइतवार, फाल्गुन १३, २०८०
  • काठमाडौँ । गायक दीप श्रेष्ठको स्वर रहेको गीत ‘तिमी जस्तो साथी’ सार्वजनिक भएको सार्वजनिक भएको छ ।नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ गीतकार केशव भट्टराईको शब्द रहेको गीतमा कीर्ति न्यौपाने ( दिवाकर शर्माको) सङ्गीत छ । गीतको एरेन्जर फणिन्द्र राईले गरेका छन् ।

    गीतको भिडियो पनि बनेको छ । जसमा वरिष्ठ अभिनेता जोडी कृष्ण मल्ल र शर्मिला मल्लको अभिनय छ । भिडियोमा कृष्ण र शर्मिालको अलवा नारायण प्रधान, राकेश खड्का, राजेश विशुराल, श्याम कृष्ण संजेल, राजु चौंहान र नीराजन रिमालको समेत अभिनय छ ।

    मुकेश हुमागाईंको छायांकन, प्रशान्त तामाङको कोरियोग्राफी र विनोद वामको सम्पादन रहेको भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । भिडियोमा अहिलेको देशको परिस्थिति चित्रण गरेर एउटा सफल व्यवसायी आर्थिक मन्दीकोमा आफ्नो व्यवसाय बिग्रिए पछि कस्तो परिस्थितिको सामना गरिरहेको छ भनेर देखाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs