विविध कार्यक्रमका बीच विश्व मृगौला दिवस २०२४ मनाइदै

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन २९, २०८०
  • विश्व मृगौला दिवस प्रत्यक बर्ष अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो विहिवार मनाइन्छ । यस बर्षको विश्व मृगौला दिवस यहि मिति २०८० चैत्र १ गते विहिबार ९ज्ञद्धतज ःबचअज द्दण्द्दद्ध० को दिन परेको छ । यस बर्षको मुल नारा “मृर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास” भन्ने रहेको छ ।
    यस बर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरी विश्व मृगौला दिवश मनाइदै छ । प्रत्येक १० जना मध्ये १ जनलाई मृगौला रोग लाग्ने गर्दछ र विश्वभरी नै मृगौला रोगको प्रकोप वढि रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपुर्ण उपायहरुबारे सबैलाई सचेत गराउने उद्देश्यले मृगौला दिवशको आयोजना गर्ने गरिन्छ ।
    विभिन्न संस्थाबाट विभिन्न कार्यक्रम सहित हुँदै आएको कार्यक्रम यस पटक भने अंग प्रत्यारोपण समाज नेपाल र नेपाल प्रत्यारोपण सोसाइटी एउटै भएपछि पहिलो पटक संयुक्त रुपमा आयोजना हुन लागेको हो ।
    यसै क्रम अन्र्तगत यस पटक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल , चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९ल्ब्ःक्० नेपाल सोसाइटी अफ नेफ्रोलोजी ९ल्क्ल्०, नेपाल एशोसियसन अफ युरोलोजिक सर्जन्स ९ल्ब्ग्क्०, अंग प्रत्यारोपण समाज नेपाल ९ल्भ्क्इत्०, नेपाल ट्रान्सप्लान्ट सोसाइटी ९ल्त्क्०, स्वास्थ्य अभियान नेपाल ९क्ब्ल्०, नेशनल किड्नी सेन्टर र काठमाण्डौ उपत्यका भित्रका अंग प्रत्यारोपण गर्ने अस्पतालहरु र मस्तिष्क मृत्यु पश्चात अंग दान गराउने अस्पतालहरुको संयुक्त आयोजनामा यो कार्यक्रम हुन गइरहेको छ ।
    चैत्र १ गते विहिवार बिहान ७ः४५ वजे देखि रत्नपार्क, शान्ति बाटिका बाट मृर्गौला पदयात्राको शुरुवात तथा दशरथ रंगशालामा ८ः१५ बजे देखि ९ बजे सम्म प्रत्यारोपित÷अंगदाताको समूहसँग कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक र कर्मचारीहरु बीच मैत्रीपूर्ण फूटबल खेल आयोजना हुने भएको छ । ततपश्चात विहान ९ बजे देखि ९ः३० सम्म विश्व मृर्गौला दिवस सम्बन्धि औपचारिक कार्यक्रमको आयोजना हुने कुरा आयोजक कमिटिले बताएको छ । उक्त कार्यक्रमको संरक्षक डा.पुकार चन्द्र श्रेष्ठ, डा दिव्या सिंह र डा ऋषि काफ्ले रहनु भएको छ ।
    अंग प्रत्यारोपण गरेका प्रत्यारोपितहरु पनि अरु स्वस्थ्य व्यक्ति सरह जीवन यापन गर्न सक्षम छन् र उनीहरु पनि हरेक क्षेत्रमा सबल रुपमा कार्य गर्न सक्छन भन्ने जनचेतना जगाउने तथा अंगदान र अंग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले प्रत्येक वर्ष यो कार्यक्रमको आयोजना गरिदै आएको कुरा आयोजक समितिका संयोजक डा कल्पना कुमारी श्रेष्ठले बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs