SEE परिक्षामा सहभागी हुने बिद्यार्थीहरुले ध्यान दिनु पर्ने कुराहरु

  • कालिका खवर
  • बुधबार, चैत्र १४, २०८०
  • मिति २०८०-१२-१४ यस वर्षको माध्यमिक शिक्षा परिक्षा SEE भोली बाट

    यस वर्षको माध्यमिक शिक्षा परिक्षा २०८०-१२-१५ यानिकी भोली बाट शुरू हुँदैछ।यस वर्षको माध्यमिक शिक्षा परिक्षा SEE मा सामुदायिक र संस्थागत गरी जम्मा १०८०६ वटा विद्यलय बाट जम्मा छात्रा २५०७७२ छात्र २५३६२७ र अन्य १५ जना गरी जम्मा कुल ५०४४१४ विद्यार्थीहरू सहभागी हुँदै छन।
    SEE परिक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक, कर्मचारी र सुरक्षकर्मी सहित जम्मा ७७५०५ जना जनशक्ति प्रत्यक्ष रूपमा परिक्षा केन्द्रमा खटिने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ।

    SEE परिक्षामा सहभागी हुने बिद्यार्थीहरुले ध्यान दिनु पर्ने कुराहरु
    – परीक्षाको पहिलो दिन २०८०-१२-१५ गते बिहीबार आआफ्नो केन्द्र र केन्द्रको विद्यालयको ठेगाना स्थान एक् दिन् अगाडि नै अवलोकन गर्ने
    – हरेक परीक्षाको दिन घर बाट निस्किनु अगाडी आफ्नो प्रवेश पत्र (Admit Card) र आफूले लेख्ने कलम आफै संग लिएर निस्किने
    – परीक्षाको पहिलो दिन् परिक्षा समय भन्दा ३० मिनेट अगाडि परिक्षा केन्द्रमा पुग्ने
    – परिक्षा केन्द्रमा पुगे पछि आफ्नो बस्ने स्थान सीट नम्बर खोज्ने र आफ्नो स्थानमा बस्ने
    – परिक्षा केन्द्रको रूपमा रहेको हल भित्र कुनै पनि किसिमका विद्युतिय उपकरण हरु प्रयोग नगर्ने र हल भित्र अनुशासित भई बस्ने
    – उत्तर पुस्तिका आफ्नो हातमा परेपछि सबै कुराहरू राम्रो सँग हेर्ने उत्तर पुस्तिकामा उत्तर पुस्तिका नम्बर छ कि छैन हेर्ने यदि छैन भने निरीक्षक लाई खबर गर्ने
    – उक्त उत्तर पुस्तिकाको कुनै पनि ठाउँमा आफ्नो नाम लेख्नु हुँदैन
    – उत्तर पुस्तिकामा विषय, भाषाको माध्यम, परिक्षा मिति र थप उत्तर पुस्तिका थपेको छ भने सो को नंबर पनि स्पष्ट सँग भर्ने
    – विद्यार्थीले आफ्नो सिम्बोल नम्बर अङ्कमा र अक्षर दुवैमा स्पष्ठ सँग लेख्ने
    – कहीं कतै साथी भाई शिक्षक शिक्षिका आफन्त कसैको प्रलोभनमा परी चिट चोर्ने सार्ने काम गर्नु हुँदैन
    – जनाऊ घण्टी बजी सके पछि विद्यार्थीले आफ्नो उत्तर पुस्तिका राम्राे सँग चेक जाँच गर्ने र उत्तरपुस्तिकामा केन्द्राध्यक्ष र निरक्षकको हस्ताक्षर गराउने र आफ्नो हाजिरी गरी सके पछि मात्रै उत्तर पुस्तिका बुझाई निस्किनु पर्दछ।

    दिपक पौडेल, शिक्षाक्षेत्र युवा विज्ञ 

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs