उत्तरपुस्तिका हराएपछि त्रिविले १ वर्षपछि पुनः परीक्षा लिंदै

  • कालिका खवर
  • बिहिबार, चैत्र १५, २०८०
  • दुईवटा विषयको उत्तरपुस्तिका हराएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एक वर्षपछि पुनः परीक्षा लिने भएको छ ।

    स्नातक तह पहिलो वर्षको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य, कोड नं ४२२ र शिक्षा संकायअन्तर्गत शिक्षाको आधार कोड नं ४१२ विषयको पुनः परीक्षा हुने भएको हो ।

    यी दुई विषयको पुनः परीक्षा २१ चैतमा हुने विश्वविद्यालयले जनाएको छ । यी विषयको परीक्षा गत वैशाखमा भएको थियो ।

    उत्तरपुस्तिका हराएको विषय छानबिनका लागि त्रिविले पूर्व रजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले विस्तृत छानबिन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs